चितवनमा बेवारिशे शव फेला
चितवनमा एकजनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१० मैयाँदेवी कन्या कलेजको कम्पाउण्ड नजिकै एउटा बेवारिशे शव फेला परेको हो ।
शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डीएसपी सूर्य बहादुर थापाले जानकारी दिए ।
सडकमा हिँड्ने मानिसहरूको कु’टपिटबाट मारिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ