अखिल (क्रान्तिकारी) नवलपरासीले अनलाइन शिक्षाको नाममा असुली शुल्क फिर्ता गर भन्दै कालो ब्यानर प्रदर्शन
नवलपरासी – विप्लव नेतृत्वको नेकपा निकट विधार्थी संगठन अखिल क्रान्तिकारीले निजि विधालयहरुले बन्दाबन्दी समयको र अनलाइन शिक्षाको नाममा शुल्क असुली गरेको भन्दै कालो ब्यानर प्रदर्शन गरेको छ । स्कूलमा तत्काल शुल्क फिर्ताको माग गर्दै कालो ब्यानर प्रदर्शन गरेको अखिल (क्रान्तिकारी) नवलपरासीले जनाएको छ ।
अखिल (क्रान्तिकारी) नवलपरासीले यसअघि पनि शुल्क असुलिका विरुद्ध निरन्तर संघर्ष गर्दै आएको थियो । संगठनले देशभर यसका विरुद्ध चरणबद्ध संघर्ष गर्दै आएको जनाएको छ। अनलाइन शिक्षा र बन्दाबन्दीको समयमा बिद्यार्थी र अभिभावकबाट शुल्क नलिन पटक–पटक अनुरोध गर्दा समेत नरोकिएकोले यसका विरुद्ध सांकेतिक रुपमा कालो ब्यानर झुण्ड्याइएको जनाएको हो। तत्काल शुल्क फिर्ता नगरिए र शुल्क लिन नरोकिए प्रतिरोधात्मक संघर्ष गर्ने अखिल(क्रान्तिकारी) ले चेतावनीसमेत दिएको छ।
अखिल (क्रान्तिकारी) नवलपरासीले यसअघि देखिनै ध्याकर्षण पत्र बुझाउने, सरोकारवालासँग अन्तरक्रिया गर्ने,बिद्यार्थी विरोध प्रदर्शन गर्ने लगाएतका चरणबद्ध कार्यक्रम समेत गरिसकेको थियो।