असारमा फेरि ‘टालाटुली बटुली’
एलिना केसी –
देवचुली – बर्षभरि सुस्ताएको विकास निर्माण कार्य जब असार लाग्छ अनि जताततै भ्याईनभ्याई भएको दृश्य देख्न सकिन्छ ।
आर्थिक मसान्त असारमा विकास बजेट सक्ने चटारोले काम पनि टालटुल पारेरै भएपनि भ्याउने तयारीमा छन् । बर्र्षको ११ महिना कछुवाको गतिमा देखिने विकासका कार्यहरु असारमा भने खरायोको गतिमा भएको देखिन्छ ।
यसकै एउटा उदाहरण हो राजमार्गको सडक ‘टालाटुली बटुली’ । बर्षको अन्य महिनामा सडक भत्किँदा त्यसको मर्मत सम्भारका लागि दतारुकता नदेखाउने सडक विभाग असारमा भने भ्याईनभ्याईको अवस्थामा देखिन्छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ बुटबल सडकखण्डमा बर्षा लागे सँगै सयौँ ठाउँमा खाल्डो परेर सडक भत्किएको छ ।
भत्किएको सडकमा यात्रा गर्दा दुर्घटनाको उच्च जोखिम रहेको छ । बिगतमा पनि यस सडकखण्डमा खाल्डाकै कारण दुर्घटना हुने गरेका थिए ।
अति नै ब्यस्त रहने यो सडक कोरोना भाइरस ९कोभिड १९० का कारण बन्दबन्दीले भने अहिले सवारी साधन कम हिडेको पाईन्छ । बन्दाबन्दीले सडक भिडभाड नभए पनि सडकमा दुर्घटना हुन भने घटेको छैन । बाटोको बिच र छेउछाउ दुवै तर्फ भत्किएका छन् ।
दिनहुु जसो हजारौ मानिसहरु हिड्ने यो सडकमा अहिले भने खाल्डा टालटुल पार्ने मात्र काम भईरहको छ । हरेक बर्ष असारमा यस्तै प्रकृतिको काम भएके देखिन्छ । असारे बजेटले खाल्डा टालटुल पार्नुभन्दा दिर्घकालिन समाधानका लागि बुटबल नारायणगढ बिस्तारको काम बेलैमा सम्पन्न गरे यात्रुहरुले सास्ती खेप्नुपर्ने थिएन कि ?
