कावासोती ९ को रामनगरचोकदेखि वडा कार्यालयसम्म बाटो निर्माण सम्पन्न

कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ को रामनगर चोकदेखि वडा कार्यालयसम्म पक्की सडक निर्माण सम्पन्न भएको छ ।
६ सय २५ मिटर लामो उक्त पक्की सडक निर्माणका लागि ५६ लाख २५ हजार रुपैयाँ खर्च भएको कावासोती ९ का वडा अध्यक्ष नेत्रप्रसाद खतिवडाले बताए ।

नगरपालिकाबाट ४५ लाख र उपभोक्ताबाट ११ लाख २५ हजार गरी ५६ लाख २५ हजार रुपैयाँमा बाटो निर्माण गरिएको ुबाटाे निर्माण समितिकाे अध्यक्ष सूूूूूूूर्यबहादुर हमालले बताए ।
लकडाउनको कारण रोकिएको काम लकडाउन खकुलो भएसँगै निर्माण शुरु गरिएको थियो । उक्त बाटो निर्माणका लागि अनिशा कन्ट्रक्सनलाई जिम्मा दिइएको थियो ।
बाटो निर्माण सकिएपछि सार्वजनिक सुनुवाई गरी खर्च विवरण समेत सार्वजनिक गरिएको छ ।
