नवलपरासीमा लागुऔषध सहित एक जना पक्राउ
परासी । पश्चिम नवलपरासीमा मंगलबार लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ रमपुरवाबाट स्थानीय २१ बर्षीय युवक सन्दीप कुमार हरिजनलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट फेनारगन १०२ एम्पुल, डाइजापाम १०२ एम्पुल, नुफ्रिन १०१ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।
पक्राउ परेका हरिजनलाई लागुऔषध मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।