हजुरआमाको हत्या आरोपमा पक्राउ परेका युवक हत्कडीसहित थुनाबाटै भागे


कैलालीमा आफ्नै हजुरआमाको हत्या आरोपमा बुधबार पक्राउ परेका युवक थुनाबाट हत्कडीसहित भागेका छन्।



पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर-६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हत्कडीसहित थुनाबाट भागेका हुन्।

उनलाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय फल्टुडेले नियन्त्रणमा लगेको थियो।




हिजो राति खाना खाने समयमा उनी हत्कडीसहित भागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टले जानकारी दिए।

उनको खोजीका लागि आफ्नै नेतृत्वको प्रहरी टोली परिचालन गरिएको डिएसपी विष्टले सेतोपाटीलाई जानकारी दिए।

 

ती युवक ७५ वर्षीया हजुरआमा पार्वती देवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका थिए।

मंगलबार घरमा कोही नभएका बेला फलामको रडले घाँटीमा प्रहार गरी घाइते बनाई घिसार्दै लगेर बारीमा धारिलो हतियारले घाँटी रेटी युवकले हजुरआमाको हत्या गरेको खुलेको छ।



सम्बन्धित
Loading...