मापदण्ड विपरित काम गरेको भन्दै विरोध


  • रामकरण हरिजन  –



नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा निर्माण गरिएको बाटो मापदण्ड विपरित भएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
उपभोक्ता समितिले निर्माण गरेका बाटोको आरसीसी ढलाई सडक मापदण्ड विपरित बनाईएको भन्दै स्थानीयहरुले विरोध गरेका हुन् ।
पाल्हीनन्दन गाउँपालिका वार्ड नम्बर ४ पाल्ही स्थित पाल्ही भगवती मन्दिरको पछाडी जाने बाटो आरसिसी ढलान गर्नको लागि वडा कार्यालयबाट ६ लाख ४१ हजारको बजेट विनियोजन गरिएको छ ।

https://www.youtube.com/watch?v=Q53Y0-1ei6I




नगरपालिकाको मापदण्ड भित्र रहेर सडक बनाउनु पर्ने भनि मापदण्ड तय गरिएको भए पनि निर्माणको काम गरिरहेको उपभोक्ता समितीले नगरपालिकाले तय गरेको भन्दा मसिना छडहरु प्रयोग गरिरहेको पाल्हीनन्दन ४ का स्थानीय राधेश्याम मालीले बताए ।
उनका अनुसार सिमेन्ट पनि आवश्यक भन्दा कम मात्रामा प्रयोग गरिएको भन्दै उक्त निर्माण कार्यको स्थानीयबासीहरुले विरोध गरेको छन् ।
आरसिसी ढलाई गरी बनाउन लागिएको उक्त सडक निर्माण पुर्व नगरपालिकाका ईन्जीनियर र योजना शाखाका प्रमुख आएर उक्त निर्माणको स्थल हेरेर गए पनि मापदण्डको विषयमा कुनै पनि चासो नराखेको पाल्हीका स्थानियवासी मुन्ना पाठकले बताए ।

 



सम्बन्धित
Loading...