मध्यविन्दु नगरपालिकाको आगामी आर्थिक बर्षका लागि ७९ करोड ६१ लाख वरावरको बजेट पारित
नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको आगामी आर्थिक बर्षका लागि ७९ करोड ६१ लाख वरावरको बजेट पारित भएको छ ।
मध्यविन्दु नगरपालिकाको बिहीबार भएको सातौ नगर सभाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ७९ करोड ६१ लाख १ हजार ६ सय ३१ रुपैया बरावरको बजेट सर्वसम्मतले पारित गरेको हो ।
नगरसभामा उपप्रमुख ओमकुमारी महत्तोले प्रस्तुत गरेकी आगामी आर्थिक वर्षको अनुमानित आयव्यय नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको थियो।
सभाले चालु खर्च तर्फ ३६ करोड ९१ लख ४६ हजार र पूँजिगत खर्च तर्फ ४२ करोड ६५ लाख ५५ हजार ५ सय ३१ रुपैया अर्थात चालु खर्चतर्फ ४६.३७ प्रतिशत र पुंजीगत खर्चतर्फ ५३.६३ प्रतिशत विनियोजन गरिएको छ ।
कोरोना भाइरसको रोकथाम नियन्त्रण र उपचारको प्रभाबकारी व्यबस्थापन, रोजगारी गुमाएका नागरिकहरुलाई उद्यमशिलता मार्फत आर्थिक सामाजिक स्थायित्व कायम गर्नु मुख्य उद्देश्यमा केन्द्रित रहेर बजेट ल्याइउको नगरप्रमुख चन्दबहादुर रानाले बताए ।
