पश्चिम नवलपरासीका उद्योगी व्यवसायीको प्रधानमन्त्रीलाई ज्ञापन पत्र
परासी, असार २५ ।
पश्चिम नवलपरासीका उद्योगि व्यवसायीले विभिन्न माग राख्दै विहिबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । लकडाउनका कारण मारमा परेका उद्योगि व्यवसायीको पक्षमा सरकारले कदम नचालेको भन्दै उनिहरुले ज्ञापन पत्र मार्फत प्रधानमन्त्रीको ध्यानआर्कषण गराएका हुन् ।
उद्योग वाणिज्य संघ परासीबाट व्यवसायीहरुले प्लेकार्ड लिएर विरोध र्याली सहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक समक्ष ज्ञापन पत्र बुझाएका हुन् । बन्द रहेको अवस्थामा समेत सरकारले बैंकको ब्याज तथा कर तिर्न समय सीमा तोकेर ताकेता गरेपछि संघले सरकारको ध्यानाकर्षण गर्न भन्दै दबाबमुलक संघर्षको कार्यक्रम गरीएको संघका कार्यवाहाक अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो ।
सरकारले लकडाउन पूर्ण रुपमा हटाएको घोषणा गरेको मितिदेखी १ महिना पश्चात मूल्य अभिबृद्धी कर, अन्तशुल्क, आयकर लिन आग्रह गरिएको छ । बंैकमा विद्यमान सबै ऋणलाई २ वर्षको लागी ब्याज र किस्तालाई पुजिकरण गरि २ वर्ष भित्र न्युन लागतमा ब्याज तिर्ने व्यवस्था गर्न माग गरिएको छ भने कर्जाको भुक्तानी अवधि पनि २ देखि ५ वर्ष सम्म बढाउन माग गरिएको छ ।
लकडाउन अवधिको विमाको प्रिमियम छुट गर्न पनि उद्योगि व्यवसायीले माग गरेका छन् भने विद्युत महसुलमा पनि सरकारले दिने भनेको छुट उपलब्ध नभएको भन्दै तत्कालै व्यवस्था गर्न माग गरिएको छ ।

यसैगरी राजश्व तथा कर बुझाउने अवधि लकडाउन हटाईएको घोषणा भएको मितिले एक महिना पछि मात्र मुअकर अन्तशुल्क र आयकर लिने व्यवस्था कार्यान्वयन गर्न पनि माग गरिएको छ । ज्ञापन पत्र बुझाउने क्रममा उद्योगि व्यवसायीको माग प्रति एक्वद्धता जनाउदै प्रदेश सभा सदस्य बैजनाथ जयसवालले सरकारले अहिलको अवस्थालाई मध्यनजर गर्दे राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सरकारले माग सुनुवाई नगरे आफुहरु संर्घषमा उत्रन बाध्य हुने संघका महासचिव गिरिराज पाण्डेले बताउनुभयो । ज्ञापन पत्र बुझाउन जाने क्रममा जिल्लाका बर्दघाट र सुनवल उद्योग वाणिज्य संघ सहित पश्चिमाञ्चल पेट्रोलियम डिर्लस एसोसियसन, नवलपरासी सुनचाँदि व्यवसायी संघ, पाल्ही मध्य नेपाल यातायात प्राली, कृषक हकहित संरक्षण मंच लगाएतको पनि उपस्थिति रहेको थियो ।
