आज सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन तोलामा ९२ हजार ४०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । आज भने आज २ सयले गिरावट आएको छ ।
यस्तै तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।