मानसिक रोगी महिला बलात्कार गरेको आरोपमा १ जना पक्राउ


जनकपुर । धनुषामा एक महिलालाई बलात्कार गरेको आरोपमा  १ जना पक्राउ परेका छन् । धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ स्थित  तीनकौरियामा एक मानसिक रोगी समेत रहेकी ३५ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा भागवती मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।



शनिवार बिहान  करिब ३ बजे दुर्गा मन्दिरमा सुतिरहेकी  मानसिक रोगी महिलामाथि  शहिदनगरपालिका वडा नम्बर ६ बस्ने रामवृक्ष मण्डलका ३० वर्षीय छोरा भागवती मण्डलले बलात्कार गरेको प्रहरीको आरोप छ ।



सम्बन्धित
Loading...