मोटरसाइकल दुर्घटना हुदाँ दुई घाइते
नवलपूर । बर्दघाट सुस्ता पूर्व पूर्वि नवलपरासीको कावासोती १६ पिप्रेनी चोक सडक खण्ड हुदैँ कावासोती देखि हुप्सेकोट जादैँ गरेको ना १३.प.६७ नम्वरको मोटरसाइकल दुर्घटना हुदाँ दुई घाइते भएका छन् ।
उतm मोटरसाइकल चालक हुप्सेकोट गा.पा २ कोलीया निवासी २० बर्षिय बिष्णु परियारको अवस्था सामान्ने रहेकोले मध्यविन्दु अस्पतालमा उपचार भैरहेको छ भने सोहि मोटरसाइकलमा सवार पछाडी बस्ने हुप्सेकोट गा.पा २ कोलीया निवासी २१ बर्षिय दिनेश् थापा मगरको अवस्था भने गम्भिर रहेकोले थप उपचारका लागि पूरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।
मोटरसाइकल अनियन्त्रित भइ कल्पटमा ठकर खाइ दुघर्टना भएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाणले जानकारी गराउनु भएको छ ।