बाढिले बगाउँदा चितवनको माडिमा एक जनाको मृत्यु


चितवनको माडिमा बाढिले बगाएर एक जनाको मृत्यु भएको छ । स्थानीय रिउ खोलामा आएको बाढिमा परि माडी नगरपालिका ३ का ४० बर्सिया रामसिंह मर्दनियाको मृत्यु भएको हो ।



उनी असार २६ गते बाढिमा परि बेपत्ता भएका थिए । बेपत्ता भएका मर्दनियाको शव मंगलबार रिउ खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सुर्य थापाले बताए । गाई बस्तु चराउने क्रममा रिउखोलाले बगाई ल्याएको दाउरा झिक्न भनि खोलामा हामफाली बेपत्ता भएका थिए । केही दिन अघि पनि माडिमा बाढिले बगाएर मृत्यु भएका एक जनाको शव फेला परेको थियो ।



सम्बन्धित
Loading...