कावासोती नगरपालिकालाई ८५ थान किट सहयोग




कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष अमृत श्रेष्ठको पहलमा कावासोती नगरपालिकालाई बुधबार ८५ थान पीसीआर किट सहयोग गरिएको छ ।
कावासोती ३ का राजकुमार श्रेष्ठ, सचिन श्रेष्ठ, दीपु थापा र जीतनारायण श्रेष्ठले २५/२५ थान पीसीआर किट सहयोग गरेका हुन् ।
यस्तै, सोही ठाउँकै किरण भुर्तेल र प्रभु सापकोटाले ५/५ थान पीसीआर किट सहयोग गरेको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए ।
ती सबै किट कावासोती नगरपालिकाका उपमेयर तथा विपद् ब्यवस्थापन समितिका अध्यक्ष प्रेमशंकर मर्दनियालाई बुधबार हस्तान्तरण गरिएको छ ।
यस अघि पनि कावासोती ३ का वडाअध्यक्ष अमृत श्रेष्ठको पहलमा ७५ थान पीसीआर किट तथा ३ सेट पीपीई कावासोती नगरपालिकालाई प्रदान गरिएको सो वडाका वडाध्यक्ष श्रेष्ठले बताए ।

https://www.youtube.com/watch?v=AOpwh72wwqo



सम्बन्धित
Loading...