चोरी भएको मोटरसाइकल फेला पारी घरधनीलाई बुझाइयो




परासी – रुपन्देहीबाट एक महिना अगाडि हराएको मोटरसाइकल नवलपरासी प्रहरीले फेला पारी मोटरसाइकल धनिलाई बुझाएको छ ।
रुपन्देहीको देवदही नगरपालिका ७ शितलनगर बस्ने चेतनबहादुर रानाको घरबाट हराएको लु ३६ प ८८८३ नम्बरको मोटरसाइकला प्रहरीले सुनवल परासी सडक खण्डको सुनवल नगरपालिका ९ स्वाठी नजिकै वेवारिसे अवस्थामा फेला पारेको थियो । उक्त मोटरसाइकल बुधबार घर धनिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

https://www.youtube.com/watch?v=AOpwh72wwqo



सम्बन्धित
Loading...