महिनाको पहिलो दिन घट्यो सुनको मूल्य


नेपाली बजारमा आज साउन महिनाको पहिलो दिन सुनको मूल्य तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार सात सयमा झरेको छ । सुन हिजो प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।



सुनको मूल्य आज घटेपनि चाँदीको मूल्य भने स्थीर रहँदै प्रतितोला एक हजार पाँच रुपैयाँ नै छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



सम्बन्धित
Loading...