चोरी तस्करी, दुर्घटना नियन्त्रणको लागि भुजहवामा सिसि क्यामेरा जडान


  • नन्दु यादव –



परासी । पश्चिम नवलपरासीकोे सरावल गाउपालिका वडा न ६ भुुहजवामा सिसि क्यामेरा जडान गरिएको छ ।
दिनानुदिन बढदै गईरहेको चोरी, तस्करी र सवारी दुर्घटनालाई मध्यनजर गर्दै सरावल गाउपालिकाको ५ लाख आर्थिक सहयोगमा भुजहवा चोकमा ४ वटा र भुजहवा प्रहरी चौकीमा १ वटा सिसी क्यामेरा जडान गरिएको सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए ।
सिसि क्यामेराको कन्ट्रोल रुम भुजहवा प्रहरी चौकीमा राखिएको छ ।
सिसि क्यामरा जडान गरिएसँगै यस क्षेत्रमा चोरी नियन्त्रण र दुर्घटनाको निगरानी भुजहवा प्रहरी चौकीका ईन्चार्ज बौद्ध शकर थारुले बताए ।
त्यस्तै केही दिन अघि सीमा नाकामा पनि सशस्त्र प्रहरी बल बिओपि भुजहवाको कन्ट्रोलमा रहने गरि ३ वटा सिसि क्यामेरा जडान गरिएको बिओपिका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्दले बताए ।

https://www.youtube.com/watch?v=pkr_xzTQSHk



सम्बन्धित
Loading...