पश्चिम नवलपरासीमा १ लाख ६८ हजारबढीको अवैध सामग्री बरामद

परासी । पश्चिम नवलपरासी प्रहरीले विहीबार १ लाख ६८ हजार बराबरको अवैध मालसमान बरामद गरेको छ ।
प्रहरीले विहीबार दिउँसे रामग्राम नगरपालिका ४ इमिलीटोल, प्रतापपुर गाउँपालिका ५ को उखुबारी र सरावल गाउँपालिका ७ को बुलन्दपुरबाट गरी १ लाख ६८ हजार रुपैयाँ बराबरको १ बोरा लेडिज सुट, ४ बोरा केराउ र साडी, टप्स, कुर्ता सरवाल बरामद गरेको हो ।
बरामद सामग्री सबै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार चलान गरेको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=pkr_xzTQSHk