नेपाल प्रहरी र भारतीय गिरोहबीच गोली हानाहान, दुई घाइते
नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ। सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्जमा बिहीबार राती भएको भिडन्तमा २ जना तस्करलाई गोली हानी नियन्त्रणमा लिएको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले बताए।
हतियार बोकेको समूह रहेको थाहा पाएपछि देवानगञ्ज पुगेको प्रहरीमाथि सो समूहले एक्कासी गोली चलाएको एसपी थापाले बताए। सो समूह गोली चलाउँदै दशगजातर्फ गएको समेत उनले बताए।
प्रहरीले घटनास्थलबाट उनीहरुको साथबाट 9 एमएम युएसए पेस्तोल र ६ राउण्ड गोलि बरामद गरेको जनाएको छ। सो समुह बिगतमा मोटरसाइकल चोरी र लागूऔषध तस्करीमा सक्रिय रहेको प्रहरीले बाताएको छ।
प्रहरीले चलाएको गोली लागेर दुई भारतीय मुलका नेपाली पिन्टु यादब र राजेश यादब घाइते भएका छन् भने तीन जना भारतीय फरार छन् । दशगजातर्फ भागेका उनीहरुको खोजी भइरहेको एसपी थापाले वताए।