देवचुलीमा ३ जना संक्रमित थपिए, संक्रमितको संख्या २५ पुग्यो


एलिना केसी – 



देवचुली,
देवचुली नगरपालिकाबाट लिइएको ५२ जनाको स्वावको रिपार्ट आएको छ । जसमध्य तीन जनाको रिपोर्ट पोजिटभ देखिएको छ । गत असार ३१ गते नेपाल माध्यमिक विद्यालयमा लिइएको स्वाबको ५२ मध्य ३ जनाको रिपोर्ट पोजिटभ आएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

हेटौडामा गरिएको पक्षिणमा १ जना महिला र २ जना पुरुष गरि ३ जनामा कोरोना पोजिटभ देखिएको हो । संक्रमित हुने तीनै जना विदेशबाट आई क्वारेन्टिमा बसेका थिए ।




जसमा वडा नं ३ का ४० बर्षीया महिला, वडा नं १० का ३७ बर्षीय पुरुष र वडा नं १७ का २४ बर्षीय पुरुष रहेका छन् । अहिले उनीहरुलाई उपचारका लागि सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा लैजाने तयारी भईरहेको चापागाईंले जानकारी दिनुभयो । यो सँगै देवचुलीमा हाल सम्म कोरोना संक्रमितको कुल संख्या २५ पुगेको छ ।



सम्बन्धित
Loading...