फुलवरियामा साझेदारी बृक्षारोपण कार्यक्रम




नन्दु यादव  –
परासी । पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नं. ५ फुलवारीमा साझेदारी बृक्षारोपण गरिएको छ ।
रुख रोपौं, वन जोगाऔ भन्ने मुलनारा सहित फुलवरियामा रहेको नदीको किनारमा बृक्षारोपण गरिएको हो ।
संवाद किशोर किशोरी सन्जाल सरावलका अध्यक्ष महेश यादवको अध्यक्षता तथा सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख अतिथ्यतामा बृक्षारोपण गरिएको हो ।
दुर्गा बिकको स्वागत मन्तब्य रहेको वृक्षारोपण कार्यक्रममा, सरावल गाउपालिका उपाध्यक्ष उत्तमा राय, गाउँपालिका प्रशाशकिय अधिकृत बुध्द प्रकाश पौडेल, वडा न ५का वडा अध्यक्ष दिनेश सहानी, एबिसि नेपालका क्षेत्रीय कार्यक्रम सयोजक मनोज लामिछाने लगायतले मन्तव्य राखेका थिए ।
संवाद किशोर किशोरी सन्जाल सरावल गाउँपालिकाको आयोजना सरावल गाउँपालिका र युवा टोल सुधार सहित फुलवरियाको सहयोग र एबिसि नेपाल नवलपरासी, स्टोम फाउण्डेसन नेपालको सहकार्यमा सिसौ, बकईनो, मसाला लगायतका ४ हजार बिरुवा बृक्षारोपण गरिएको एबीसी नेपालका सहजकर्ता शाईदा नेसाले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन उमेश बिकले गरेका थिए ।

https://www.youtube.com/watch?v=6PI5ro-aMZI



सम्बन्धित
Loading...