छोरी माथि बाबुले बलात्कार गरेको आरोप, संरक्षक नभएको भन्दै मुद्दा दर्ता भएन

कैलालीमा दुई किशोरी माथि आफ्नै बुवाले बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको घोडाघोडी नगरपालिकाका दुई किशोरी माथि आफ्नै बुवाले बलात्कार गरेको आरोप लागेको हो। १४ र १६ वर्षीय दुई छोरीलाई बलात्कार गरेको आरोप लागेको ती व्यक्ति अहिले फरार रहेको प्रहरीले बताएको छ।
इलाका प्रहरी कार्यालय सुखडमामा शनिवार बिहानै घटना पुगेपनि मुद्दा दर्ता भने भएको छैन । नाबालक भएको हुँदा मुद्दा दर्ता गर्न संरक्षक भेटिएन’ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख ‘हरिशरण भट्टले भने ‘हामीले ओरेक नेपालको जिम्मा लगाएका छौँ ।’
‘प्रहरीले बालिकालाई सेफ हाउसमा राख्न भन्दै पठाउनु भएको हो’ ओरेक नेपालकी जिल्ला संयोजक बिनु रानाले भनिन् ‘हामी कहाँ पुगेपछि मुद्दा हामी दर्ता गराउँछौँ ,।’ । इलाका प्रहरी कार्यालय सम्म पुगेको बिषय प्रहरीले संरक्षक नभएको भन्दै जाहेरी नलिएपछि अब आइतबार जाहेरी दर्ता हुने ओरेक नेपालले बताएको छ । उनले आफूलाई प्रहरीले बालिका बलात्कृत भएको सूचना दिएको बताइन् ।
https://www.youtube.com/watch?v=TL9WAarGpEQ