नवलपरासीमा बोलबम मेला नहुने
नवलपरासी । नवलपरासीमा यस बर्ष बोलबम मेला नहुने भएको छ ।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले दाउन्ने न्यूजसँग कुराकानी गर्दै नवलपुरमा सानादेखि ठूला शिवालय मन्दिर कहि कतै बोलबम मेला हुन नदिने निर्णय भएको बताए ।
साउन ६ गतेसम्म लकडाउन कायम रहेको र अहिले विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर लकडाउन खुकुलो पारेको भए पनि शिवालय मन्दिरहरुमा बोलबमको नाममा भिडभाड नगर्ने मेला नभर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
पूर्वी नवलपरासीको त्रिवेणी धाम, दाउन्ने डाँडाको कैलास मन्दिरका साथै नारायणी नदी आसपास रहेका शिवालय मन्दिर र अन्य मन्दिरहरुमा बोलबम भर्न आउनेहरुको भिड लाग्ने गर्दछ । नवलपुरमा नारायणी नदी समेत जोडिएको कारण नवलपुरमा बोलबममा भक्तजनहरुले नारायणी नदीमा जाने र जल लिएर आएर शिवालय मन्दिरहरुको एक सय ८ शिवलिंगमा जल चढाउने गर्दछन् ।
त्यसैगरी पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले पश्चिम नवलपरासीमा पनि लकडाउन जारी रहुन्जेल बोलबम मेला नहुने बताए । साउन महिनामा शिवका भक्तजनहरु सोमबार दिन शिवालय मन्दिरहरुमा बोलबम मेला भर्न जाने गर्दछन् ।
समाचारसँग सम्बन्धित भिडियोहरु
https://www.youtube.com/watch?v=msG11T6KM1Q
https://www.youtube.com/watch?v=bDlyITSkgoQ
https://www.youtube.com/watch?v=pTC3Lv-3hvM
https://www.youtube.com/watch?v=UiQMAxGquO0
https://www.youtube.com/watch?v=U_kBEt_YwwQ