सुनचाँदी भाउ अहिलेसम्मकै उच्च


आज (बुधबार) सुन चाँदीको मूल्यले ईतिहास रचेको छ । मंगलबार ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १३ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा १३ सय रुपैयाँले नै बढेर ९३ हजार ५६० रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज बुधबार तोलामा ९५ रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला ११ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार २१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९७३ रुपैयाँ कायम गरेको छ ।



सम्बन्धित
Loading...