नवलपुरमा थप ६३ जना संक्रमित निको भएर फर्किए – भिडियो रिपोर्ट सहित


नवलपरासी । पूर्वी नवलपरासीमा बुधबार ६३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
पूर्वी नवलपरासीकाको देवचुली नगरपालिका रजहरमा अवस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचारत कोरोना संक्रमित मध्ये ६३ जना डिस्चार्ज भएका हुन् ।
उनीहरुको पि.सि.आर रिपोर्ट नेगेटिभ आए पछि डिस्चार्ज गरिएको हो ।
हाल सम्म सामुदायिक प्राकृतिक चिकित्सालयबाट कोरोना मुक्त भई २ सय १२ जना डिस्चार्ज भईसकेका छन् भने ७८ जना संक्रमित अस्पतालमा उपचारत रहेका छन् ।



https://www.youtube.com/watch?v=EA53_vqSuSU

अस्पताल प्रशासनले आफूहरुले संक्रमितहरुमा जटिल प्रकृतिको संक्रमण भएर उपचार गर्नु भन्दा पनि जटिल प्रकृतिको संक्रमण हुन नदिने पद्दतिले उपचार गरेको दावी गरेको छ ।
पूर्वी नवलपरासीको रहजरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय प्राकृतिक पद्दतिबाट उपचार गरिने एउटा अस्पताल हो । जुन आफैमा फरक छ । यहाँ अहिले पूर्वी नवलपरासीका कोरोना संक्रमितहरुलाई आइसोलेशनमा राखेर उपचार गरिएका छ ।
यहाँ उपचारमा ल्याएका करिब ३ सय जना मध्ये २ सय १२ जना निको भएर फर्किएका छन् भने अब ७८ जना संक्रमितहरु उपचाररत रहेका छन् । कोरोना भाइरसको कुनै औषधि नभईरहेको बेला यहाँ उपचार गरिएका संक्रमितहरु भने भटाभट निको भएर घर फर्किरहेका छन् ।
अस्पतालका निर्देशक डा. विनोद पौडेलले आफूहरुले संक्रमितको उपचार गरेको भन्दा पनि संक्रमितहरुमा भाइरसको संक्रमण कसरी कम गर्न सकिन्छ त्यसमा आधारित रहेर संक्रमितहरुको आनीवानीमा परिवर्तन गरेका कारण संक्रमितहरु चाँडो निको भएको बताए ।
त्यसैगरी यहाँ उपचाररत रहेका संक्रमितहरुको पनि भनाई त्यस्तै छ । आफूहरु यहाँ आएपछि तनाव मुक्त भएको योगा, रहनसहन र यस क्षेत्रको वातावरणले आफूहरुलाई चाँडो निको हुन सहयोग गरेको बताउँछन् ।
अस्थायी कोरोना अस्पतालको रुपमा विकास गरिएको रहजरको प्राकृतिक चिकित्सालयमा उपचारका लागि आएका कोरोना संक्रमितहरुमा कुनै पनि जटिल प्रकृतिका समस्या अहिलेसम्म देखिएको छैन ।
कोरोना भाइरसबाट मुक्त भएर निको हुनका लागि प्राकृतिक चिकित्सालय विधिबाट गरिएको उपचार पद्धति अहिले सबैको चासोको विषय बनेको छ ।



सम्बन्धित
Loading...