आज पनि बढ्यो सुनको मुल्य, बन्यो नयाँ रेकर्ड
सुनको भाउ फेरि आज पनि बढेको छ।
हिजो एकै दिन १३ सयले बढेको सुन आज फेरि पाँच सयले बढेर नयाँ रेकर्ड बनेको छ।
योसँगै अहिलेसम्मकै महँगो भएको सुन तोलामा ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।