रुपन्देहीमा किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ




रुपन्देहीको सैनामैना नगरपालिका १ रानिकुवामा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेको छ।

सैनामैना नगरपालिका १ रानिकुवा बस्ने ५० वर्षीय यम बहादुर भण्डारीलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।




भण्डारीले किशोरीलाई गत असार २४ गते दिउँसो नजिकैको जंगलमा च्याउ खोज्न जाने क्रममा जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

घटनाका अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=vWHjiz85LeE

https://www.youtube.com/watch?v=EA53_vqSuSU&t=335s



सम्बन्धित
Loading...