उखु किसानद्वारा तत्काल भुक्तानी दिनु्पर्ने माग




नन्दु यादव –
नवलपरासी । पश्चिम नवलपरासीका किसानहरुले ईन्दिरा सुगर मिललाई किसानहरु रकम तत्काल भुक्तानी गर्न माग गरेका छन् ।
लामो समयदेखि भुक्तनी गर्न बाँकी रहेको उखुको रकम भुक्तानी तत्काल गर्नु पर्न माग गरिएको उखु किसान युवराज मौर्याले बताए।
किसानहरुको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी सागरमाणि पाठकसँग भुक्तानीको ब्यवस्थापन तत्काल मिलाउन माग गरेका हुन्।
यस मिलले किसानहरुको १२ करोड रुपैया भुक्तानी गर्न बाकि रहेको मौर्यले बताए ।


बिभिन्न समयमा पटकपटक सम्झौता भए तापनि मिल मालिकले समझौतालाई कार्यान्वयन नगरेकोले मिल मालिक प्रति बिश्वास नरहेको किसानहरुले बताएका छन ।
उखुको भुक्तानी नपाउँदा यस क्षेत्रमा रहेका आमजनताको घरको दिनचर्या सन्चालनमा धाौधौ परिरहेको अर्का किसान हरि कोइरीले बताए ।
यस क्षेत्रमा रहेका जनताको मुख्य पेशानै उखु खेती नै रहेको हुँदा किसानहरुले भुक्तानी नपाउँदा निक्कै समस्यामा परेको कोईरीले बताए ।




https://www.youtube.com/watch?v=lvoP6rqxBvo



सम्बन्धित
Loading...