५० बर्षीय पुरुषले नारायणी नदीमा हामफाले, नदीले बगाएको दाउरा झिक्न खोज्ने क्रममा चिल्पिएर दुई जना वेपत्ता


File Photo


कावासोती । शुक्रबार नारायणी नदीमा एक जना पुरुष हामफालेर वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार गैडाकोट २ नारायणी नदी पुलबाट अन्दाजी ४५/५० बर्षीय पुरुष नदीमा हामफालेका हु्न् ।

https://www.youtube.com/watch?v=vWHjiz85LeE




उनको पहिचान नखुलेको र उनको खोजी कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएका छन् ।
त्यसैगरी नारायणी नदीमा भेलले बगाएर ल्याएको दाउरा झिक्ने क्रममा पश्चिम नवलपरासीका एक जना पुरुष नदीमा वगेर वेपत्ता भएका छन् ।
स्थानीय बासिन्दाका अनुसार पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमा दाउरा झिक्न जाँदा शुक्रबार विहान सुस्ता ५ पक्लिहवाका अन्दाजी ५५ बर्षीय राधेश्याम कोइरी वेपत्ता भएका हुन् ।

https://www.youtube.com/watch?v=CWzHyFBlUqA

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार उनको खोजी कार्य जारी रहेको छ ।
सुस्ता ५ पक्लिहवा स्थित ठोकर नं. ३ मा नदीले बगाएर ल्याएको दाउरा झिक्ने क्रममा कोइरी वेपत्ता भएका हुन् ।
त्यसैगरी ३ दिन अघि पनि नारायणी नदीमा बाढीले बगाई ल्याएको दाउरा झिक्ने क्रममा सुस्ता ४ नर्सही निवासी ३२ बर्षीय सन्त चौधरी वेपत्ता भएका छन् । चौधरी पनि अझै फेला नपरेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=lvoP6rqxBvo

https://www.youtube.com/watch?v=mhZulL9mv-E&t=20s



सम्बन्धित
Loading...