पूर्वी नवलपरासीमा संक्रमितको संख्या ३ सय नाघ्यो, गैडाकोट र कावासोतीमा सबै नेगेटिभ
नवलपरासी, ९ साउन । पूर्वी नवलपरासीमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ ।
शुक्रबार ८ जना नयाँ कोरोना संक्रमित थपिए सँगै नवलपुरमा संक्रमितको संख्या ३ सय ६ जना पुगेको छ ।
३ सय ८ जना मध्ये ८५ जना उपचाररत रहेका छन् भने बाँकी डिस्चार्ज भईसकेका छन् ।
शुक्रबार मध्यविन्दु नगरपालिकामा ६ जना नयाँ संक्रमित थपिएको मध्यविन्दु नगरपालिकाले जनाएको छ । भने विनयी त्रिवेणी गाउँपालिकामा थप दुई जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
विनयी त्रिवेणी गाउँपालिकामा शुक्रबार थपिएका दुई जना मध्ये १ जना भारतबाट आएका विनयी त्रिवेणी ७ का १५ बर्षीया महिला हुन् भने अर्का एक जना दुवईबाट आएका विनयी त्रिवेणी ७ का २२ बर्षीय पुरुष हुन् ।
मध्यविन्दु नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पोख्रेलका अनुसार नयाँ संक्रमित देखिएका मध्ये २ जना भारतबाट आएका र २ जना साउदी अरबबाट आएका हुन् ।
उनीहरु मध्यविन्दु नगरपालिका वडा नं. ३, ९ र १० का २२ देखि ५० बर्ष उमेर समुहका हुन् ।
यो सहित मध्यविन्दु नगरपालिकामा संक्रमितको संख्या ५६ पुगेको छ भने ४२ जना निको भएर फर्किसकेका छन् ।
मध्यविन्दु नगरपालिकाको ४७ जनाको स्वाब संकलन गरि पिसिआर रिपोर्टका लागि बुटवल पठाएकोमा ४ जनाको पोजेटिभ आएको हो भने अन्यको नेगेटिभ आएको छ ।
त्यसैगरी शुक्रबार नै प्राप्त अर्को रिपोर्ट अनुसार मध्यविन्दुमा २१ जनाको पिसिआर रिपोर्ट आउँदा २ जनामा पोजेटिभ देखिएको हो ।
दुई जना भारतबाट आएका १८ र ३२ पुरुष रहेका मध्यविन्दु नगरपालिकाका स्वास्थ्य प्रमुख पोख्रेलले बताए ।
त्यसैगरी शुक्रबार विनयी त्रिवेणी गाउँपालिकाको २९ जनाको पिसिआर रिपोर्ट आएकोमा ति सबैको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
गैडाकोट र कावासोतीमा सबै नेगेटिभ
यता ५ जना प्रहरीमा कोभिड १९ को संक्रमण पुष्टी भएपछि गैंडाकोट नगरक्षेत्र सिल गरेर संकलन गरिएको १२४ वटा स्वावको रिपोर्ट नेगेटिभ आएको छ ।
गत साउन १ गते कोभिड १९ को संक्रमण ड्युटीमा रहेका प्रहरीमा समेत देखिएपछि नगरक्षेत्र सिल गरेर व्यस्त ठाउँहरुमा व्यवसाय गर्ने व्यसायी, होम क्वारेनटाइनमा रहेका सहित नगरप्रमुख, जनप्रतिनिधि, नेपाल प्रहरीको गरी गत साउन ५ गते १२४ वटा स्वाव संकलन गरिएको थियो । साउन ५ गते संकलित स्वाव परीक्षणका लागि हेटौंडाको रोग किटजन्य अनुसन्धान तथा तालिम केन्द्रमा परीक्षणका लागि पठाइएको थियो ।
यसैबीच गत साउन ६ गते लक्ष्मी मावि अमरापुरीमा संकलन गरिएको ५४ वटा स्वावको परीक्षण आइतवार हुने भएको छ । ५४ वटै स्वाव परीक्षणका लागि भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशालामा पठाइएको थियो । यसैविच कावासोतीबाट गएको १११ वटा नमुना स्वावमध्ये १०५ वटा नेगेटिभ आएको छ । यो हेटौँडामा परीक्षण गरिएको थियो ।
https://www.youtube.com/watch?v=lvoP6rqxBvo&t=334s
