ह्वात्तै बढ्याे सुन चाँदीको मूल्य, अहिलेसम्मकै महंगाे


आइतबार सुन चाँदीको मूल्य हालसम्मकै महंगाे भएकाे छ । शुक्रबार ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको  मूल्य आज तोलामा ५०० रुपैयाँले बढेर ९६ हजार ३०० रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ४९५ रुपैयाँले बढेर ९५ हजार ८६० रुपैयाँ पुगेको छ । सुन चाँदीको मूल्यले नेपालमा नयाँ इतिहास रचेकाे छ ।



चाँदी पनि आज आइतबार तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला ११ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ५६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार १८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९९० रुपैयाँ कायम गरेको छ ।



सम्बन्धित
Loading...