चितवनमा एक वर्षमा सवारी दुर्घटनाबाट १०७ जनाको मृत्यु


चितवन जिल्लामा गत आर्थिक वर्ष २०७६\७७ मा भएको सवारी दुर्घटनामा १०७ जनाले ज्यान गुमाएका छन् ।



जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा भएका २६१ वटा दुर्घटनामा ती व्यक्तिहरुले ज्यान गुमाएका हुन् । जिल्ला ट्राफिक प्रमुख दयाकृष्ण भट्टका अनुसार गत आर्थिक वर्षमा सवारी कारबाहीबाट प्रहरीले दुई करोड ३१ लाख चार हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै मोटरसाइकल कारबाहीमा परेका छन् । विशेष त लापरवाही, बिना लाइसेन्स सवारी चलाउनेहरु धेरै कारबाहीमा परेको ट्राफिक प्रमुख भट्टले नारायणी अनलाइनलाई जानकारी दिए । उनले सबैभन्दा धेरै राजस्व फागुन महिनामा संकलन भएको बताए ।



सम्बन्धित
Loading...