नवलपरासीको उखु समितिको आधिकारितामा विवाद





परासी । पश्चिम नवलपरासीमा उखु कृषक समितिको आधिकारितामा विवाद शुरु भएको छ ।
उखु उत्पादक कृषक समिति नवलपरासीको नयाँ नेतृत्व चयनमा ढिलाई भएको भन्दै उखु कृषक समिति नवलपरासी तदर्थ समितिले लफडा शुरु गरेको हो ।
उखु कृषक समिति नवलपरासी तदर्थले उखु उत्पादक कृषक समिति नवलपरासीको नयाँ समिति गठन प्रक्रिया अगाडि बडाउन पर्ने माग अघि सारेको छ ।




नयाँ समिति गठन प्रक्रिया अगाडि बढाउन नसके तदर्थलाई दर्ता गरेर मान्यता दिन जिल्ला प्रशासनसँग माग गरेको छ ।
उखु कृषक समिति तदर्थ समितिे विषयमा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ध्यानाकर्षण गराएको छ ।
उखु कृषक समति तदर्थका अध्यक्ष दुधनाथ गुप्ताको नेतृत्वमा गएको पदाधिकारीहरुको टोलीले गत बर्ष नै नवलपरासी उखु समितिको आधिकारिकताको बारेमा ध्यानाकार्षण पत्र बुझाउँदा समेत कार्यान्वयन नभएको जनाएको छ ।
त्यसैगरी टोलीले उखु किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने भुक्तानी नपाएकोले किसानहरु मर्कामा परेको भन्दै यसतर्फ गम्भीरतापूर्वक लिन आग्रह गर्दै यथाशीघ्र भुक्तानीका लागी आवश्यक कदम चाल्न आग्रह गरेका थिए ।
पशिचम नवलपरासीका करिब १० हजार उखु किसानहरु झण्डै २१ करोड मिल सञ्चालकबाट भुक्तानी नपाउदा किसानहरु मर्कामा परेका छन ।




सम्बन्धित
Loading...