७ करोडको लगानीमा पञ्चरत्न पाईप प्रोडक्स संचालनमा


  • रवि पाण्डेय –



नवलपरासी १९ साउन। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका –५ मा ७ करोडको लगानीमा पञ्चरत्न पाईप प्रोडक्स उद्घाटन गरिएको छ ।
पाँच जना स्थानीय उद्योगीहरुको संयुक्त लगानीमा उक्त उद्योग संचालनमा आएको हो ।
उद्योगको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरश शर्मा बस्यालले उद्घाटन गर्नुभएको थियो ।

https://www.youtube.com/watch?v=EXf2r0FuPCc




कार्यक्रममा नगर प्रमुख बस्यालले नगरले औद्योगिक ग्राम संचालन गर्न लागि परेका बेला उक्त खोल्नु सुखद भएको बताउनुभयो ।
उहाँले उद्योगीहरुलाई सहयोग गर्न सधै नगरपालिका आतुर रहेको बताउनुभयो ।
उद्योगमा कृष्ण प्रसाद पाण्डेय सुनिता खनाल नेत्र पन्थ र आफ्नो लगानी रहेको अध्यक्ष गणेश प्रसाद पाठकले बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष सहितका बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उद्योगले खानेपानी सम्बन्धि पाइपहरु उत्पादन गर्ने बताएको छ ।



सम्बन्धित
Loading...