हावाहुरीले केराबारीमा क्षति, ७० लाख बढीको नोक्सान





नवलपरासी । पूर्वी नवलपरासीमा मंगलबार राति आएको हावाहुरीले ७० लाख बढीको केराबारीमा क्षति पुर्याएको छ ।
मध्यरातमा एक्कासी आएका हावाहुरीले ३० विगाहा भन्दा बढी क्षेत्रफलमा रहेको केरामा क्षति पु¥याएको हो । कावासोती नगरपालिकाको वडा नंं २, ३ र १६ मा हावाहुरीले केराबारीमा क्षति पुर्याएको छ ।
दशैलाई लक्षित गरी उत्पादनको तयारीमा रहेको केरा खेतीमा क्षति पुगेको हो । कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले कावासोती नगरपालिका ३ वटा वडाको केराबारीमा क्षति भएको बताए । क्षतिको तथ्यांक लिने काम भईरहेको बताए । कावासोतीमा ७० लाख भन्दाको केराबारीमा क्षति भएको अनुमान रहेको मर्दनियाले बताए ।




कावासोती ३ का केरा किसान अमृत देवकोटाले हावाहुरीले ९५ प्रतिशत केरा नोक्सान भएको बताए ।
हावाले केराको बोट बीचबाट भाँच्ने र जरैदेखि पल्टाइदिने गरेको छ । कावासोतीका अर्का किसान दुर्गाराज गुरुङले आफूले जग्गा भाडामा लिएर लगाएको दुई विगाहाको सबै केरा हावाहुरीले नष्ट गरिदिएको बताए । उनका मात्रै १२ लाख बढीको केराको क्षति भएको छ ।
कावासोती केरा खेतीका लागि कुनै बेला पकेट क्षेत्र मानिन्थ्यो, यहाँ ६ सय बढी विगाहा क्षेत्रफलमा केरा खेती हुने गर्दथ्यो तर विस्तारै केराले उचित बजार भाउ नपाउने, हावाहुरीले बर्षेनी नोक्सान गर्ने लगायतका कृषि असुरक्षाका कारण यहाँ केरा खेती घट्दै गएको छ ।




सम्बन्धित
Loading...