आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


लगातार बढी रहेको सुनको मूल्य आज पनि बढेर नयाँ रेकर्ड बनेको छ ।



सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।




यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ ।

चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।



सम्बन्धित
Loading...