कावासोतीको सामुदायिक वनले दुई घर विपन्नलाई बनाइदिए घर
कावासोती । पूर्वी नवलपरासीको कावासोती ५ मा रहेको सिंह निवास सामुदायिक वनले आफ्नो उपभोक्ता समूह भित्र रहेका दुई घर विपन्न परिवारलाई घर निर्माण गरी शुक्रबार हस्तान्तरण गरेका छन् ।

९ लाख २३ हजारको लागतमा बनाइएको दुई वटा घर मीरा कार्की र टंकप्रसाद थापा मगरलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।
शवडिभिजन बन कार्यालय हुप्सेकोटका प्रमुख भेषबहादुर महतो र कावासोती ५ का वडा अध्यक्ष हरि बास्तोलाले दुई जनालाई घरको चापी हस्तान्तरण गरेका थिए ।
सिंह निवास सामुदायिक वनले यस अघि पनि दुई घर विपन्न परिवारलाई घर निर्माण गरे हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै सामुदायिक वनका अध्यक्ष दुर्गाबहादुर गुरुङले आफूहरुले अरु सामुदायिक वनले काम चलाउ घर बनाएर हस्तान्तरण गरेझै गर्नु भन्दा फरक ढंगले ४ कोठे घर निर्माण गरेर हस्तान्तरण गरेको बताए ।
https://www.youtube.com/watch?v=evgdpjZiqys&t=1s
https://www.youtube.com/watch?v=tbVC2m9sTLI