घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


सुनको मूल्य आज पनि घटेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १ लाख २ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ ।

तेजाबी सुन पनि २०० रूपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलाको १५ रुपैयाँले सस्तो बनेर तोलाको १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।


सम्बन्धित
Loading...