लामो दुरीको यातायात र हवाई उडान तत्काल सञ्चालन नहुने


काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।



यसअघि साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गर्दै लामो दूरीका यातायात, बाह्य तथा अन्तरिक हवाई उडान र विद्यालय भर्ना भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

https://www.youtube.com/watch?v=g7tP9S-GwW0&t=804s




त्यस्तै भदौ एक गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय गरेको श्राेतले जनाएकाे छ।

कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।

https://www.youtube.com/watch?v=rvzTW1qMMso



सम्बन्धित
Loading...