अब १० वटा स्थलगत सीमा नाकाबाट मात्रै खुल्ला, कुनबाट नेपाल प्रवेश पाइने


सरकारले १० वटा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । नेपाल सकरार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गतेको निर्णयबाट २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो । तर पछिल्लो केहीदिनको अवस्थालाइ मध्यनजर गर्दै सोमबारको बैठकले त्यसलाई संशोधन गरि विभिन्न १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको हो ।



सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले मंगलबार मन्त्रिपरिष्द्का निर्णय सुनाउन आयोजना गरेको पत्रकार सम्मेलनमा अवदेखि १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय भएको बताए ।

मन्त्री खतिवडाले झपाको काकडभिट्टा, मोरङको रानी, सिराहाको माडर, रौतहटको गौर, पर्साको विरगंज, रुपमन्देहीको बेहलिया , कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरिफण्टा र कन्चनपुरको गड्डाचौकिबाट मात्रै नेपाल प्रवेश गर्न पाइने निर्णय भएको बताए।



सम्बन्धित
Loading...