तपाईंको फोनको स्टोरेज पनि चाँडै भरिँदा तनाब भयो, यसरी समस्याबाट छुटकारा पाउनुहोस्


अचेल हामीले प्रयोग गर्ने फोनमा स्टोरेज अर्थात भण्डारणको समस्या धेरै सामान्य भएको छ।अधिकांशले धेरैभन्दा धेरै फोटो, भिडियो र एप्सहरु प्रयोग गर्न चाहने हुँदा त्यसलाई राख्न फोनमा स्टोरेजको आवश्यक पर्दछ ।कहिलेकाहिँ त त्यस्तो समय हुन्छ जब हामी फोटो क्लिक गर्न चाहन्छौं तर फोनले भन्दछ कि स्टोरेज भरिएको छ। स्टोरेज भरिएको कारण, धेरै महत्त्वपूर्ण फोटोहरू क्लिक छोडिन्छन्।यस बाहेक, फोनमा कम स्टोरेज हुँदा अत्यावश्यक पर्ने एप्स डाउनलोड गर्न चाहेर पनि असंभव जस्तै रहेको हुन्छ ।यस्तो अवस्थामा, यदि तपाईं फोनको स्टोरेज समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने तपाईंले केहि महत्त्वपूर्ण टिप्सहरु प्रयोग गर्नुपर्ने हुन्छ :-




  • १ फोनमा ठाउँ बढाउन, सेटिंग्समा जानुहोस् र क्याच खाली गर्नुहोस्। साथै, जून एप्सहरू प्रयोगमा रहेका छैनन् वा उपयोगी छैनन् त्यसलाई डिलिट गरेर स्टोरेज वृद्धि गर्न सकिन्छ।
  • २ यदि फोनमा अधिक डाटा छ भने यसलाई कम्प्युटर वा ल्यापटपमा राखेर स्टोरेज खाली गर्नुहोस्। यसले तपाईंको डाटा पनि सुरक्षित हुनेछ र फोनमा खाली ठाउँ उपलब्ध हुनेछ।
  • ३ प्राय जसो फाइलहरू ईमेलमा अट्याच भएर आउँदछन्, हामी पनि तिनीहरूलाई डाउनलोड गर्छौं, जसले हाम्रो फोनको स्टोरेज भरिने हुन्छ। यदि यस्तो अट्याच भएर आएको फाईल उपयोगी छैन भने यसलाई मेटाउनुहोस्।
  • ४ एप्स मेटाएपछि पनि यदि तपाईँको फोनमा भण्डारण कम छ भने फोनको ग्यालरीमा उपयोगी नरहेका र काम नलाग्ने फोटो र भिडियोहरू मेटाउनुहोस्। यसो गर्दा तपाईँको फोनमा निकै स्टोरेज थपिने हुन्छ । किनकी भिडियो फाईलले अधिक स्पेस लिने गर्दछन् । त्यसैगरि मेसेजिङ्ग एप्स, व्हाट्सएप, मेसेन्जर वा भाइबर लगायतबाट आउने फोटो र भिडियोहरू पनि समय समयमा हटाउने गर्नुस्।
  • ५ यस बाहेक तपाईको फोनमा स्पेस बढाउन आईफोन प्रयोगकर्ताहरूले सेटिङ्गमा गएर स्टोरेज र आईक्लाउडमा जानुपर्ने हुन्छ। यस पछि मुख्य स्टोरेजमा जानुहोस् र उपयोगी नभएका फाईलहरु मेटाउनुहोस्।



सम्बन्धित
Loading...