दुम्किबासबाट अढाई लाख बढीको जुत्ता बरामद


कावासोती । नवलपुर प्रहरीले नवलपुरको दुम्किबासबाट दुई लाख ६० हजार पाँच सय रुपैयाँ बराबरको जुत्ता बरामद गरेको छ ।
भारतबाट भन्सार छली ल्याएको विभिन्न प्रकारका दुई सय जोर जुत्ता इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार विनयी त्रिवेणी गाउँपालिका १ प्रहरी कार्यालय अगाडि राजमार्गमा प्रहरी टोलीले सवारी साधन चेकजाँचको क्रममा उक्त जुत्ता बरामद गरेको हो । बरामद जुत्ता प्रहरीले आवश्यक कारवाहीको लागि महेषपुर भन्सार कार्यालय चलान गरेको जनाएको छ ।







सम्बन्धित
Loading...