लकडाउन पछिको सुनसान कावासोती भिडियो सहित

238












कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका भित्रको क्षेत्र १० दिनका लागि शिल गरिएसँगै कावासोती सुनसान देखिएको छ । कावासोती नगरपालिका भित्रका मुख्य चोक, बजार र भित्री गल्लीहरु समेत सुनसान देखिएको छ ।
कावासोतीमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्थाका साथै पसलहरु समेत बन्द भएका छन् । बजार बन्द भएसँगै आमसर्वसाधारणको चाप कावासोतीमा ह्वात्तै घटेको छ ।
कावासोतीमा एक जना पत्रकार र एक जना बैंकका कर्मचारीमा संक्रमण देखिएपछि कावासोती नगरपालिकाले विहीबारदेखि भदौ ६ गतेसम्म नगरपालिका भित्र लकडाउन घोषणा गरेको हो ।
यसैबीच नवलपुरमा शुक्रबार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ निवासी ३० बर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको छ ।
विनयी त्रिवेणीमा अहिलेसम्म २४ जनामा संक्रमण देखिएकोमा २१ जना निको भएर फर्किसकेको विनयी त्रिवेणी गाउँपालिकाका स्वास्थ्य प्रमुख ध्रुवराज काफ्लेले बताए ।




You might also like
Loading...