कावासोतीमा ४३ लाखमा बन्यो अपाङ्गता मैत्री छात्रबास

525












पूर्वी नवलपरासीको कावासोतीमा ४३ लाखको लागतमा अपाङ्गता मैत्री छात्रबास निर्माण भएको छ ।
अपाङ्ग पुनस्थापना केन्द्र कावासोती नवलपुरले विभिन्न क्षेत्रको सहयोगमा कावासोती ८ मा ७ कोठे भवन निर्माण गरेको हो ।
भवन निर्माणका लागि कावासोती नगरपालिकाबाट ८ लाख, जिल्ला समन्वय समितिबाट पाँच लाख, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट १० लाख र गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयबाट नेत्रहीन संघ नवलपरासीको कार्यान्वयनमा २० लाख गरी ४३ लाखको लागतमा भवन निर्माण गरिएको अपाङ्ग पुनस्थापना केन्द्र कावासोती नवलपुरका अध्यक्ष सागर लुइटेलले बताए ।
नवलपुर भरीका उच्च शिक्षा हासिल गर्न चाहाने तथा अपाङ्गता भएकाहरुलाई छात्रावास सहितको विभिन्न प्रशिक्षण सञ्चालनका लागि भवन निर्माण गरिएको लुइटेलले बताए ।




You might also like
Loading...