नवलपुरका युवाले आफै बनाए चार पाग्रे गाडी


नवलपरासी, ३२ साउन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडानम्वर ९ निवासी १९ वर्षीय मुस्कान सापकोटा आफैले चारपाग्रे गाडी बनाएका छन् । विजय सामुदायिक शिक्षा सदन गैडाकोटकामा अध्ययन गरी सोही विद्यालयमा पढाउँदै र कम्प्युटर अपरेटर पदमा काम गर्दै आएका सापकोटाले ६ महिना लगाएर आफूले गाडी निर्माण गरेका हुन् ।
उनले मोटरसाइकलको इन्जिन प्रयोग गरेर व्यक्तिगत ३ लाख वढी खर्चमा चार पांग्रे गाडी निर्माण गरेका हुन् । यात्रु बोक्ने गराउँदा ६ जना सम्म बस्न मिल्ने र ढुवानीको लागि ५÷६ टनसम्म समान बोक्न मिल्ने गरी उनले गाडी बनाएका छन् ।
यसैबीच उनलाई स्थानीयले सम्मान समेत गरेको छ । पेट्रोलबाट चल्ने गरी बनाएको उक्त गाडी उनले सरकारले सडकमा चल्न दिने अनुमति दिए, आफैले फरक फरक प्रकारका गाडी बनाउने बताए ।







सम्बन्धित
Loading...