नवलपुरमा व्यापारीदेखि पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सम्ममा देखियो संक्रमण


नवलपरासी । पूर्वी नवलपरासीमा बुधबार थपिएका १२ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार थपिएका १२ जनामा पत्रकार, व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र मजदुरहरु रहेका छन् । ति सबै नवलपुर घर भएका हुन् ।
कावासोतीका ६ जना, देवचुलीका १ जना, गैडाकोटका ४ र हुप्सेकोटका १ जना गरी नवलपुरमा थप १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार कावासोती नगरपालिका २ का २२, २६, ४९ र ५४ बर्षीय पुरुष, कावासोती ३ का २२ र ३८ बर्षका पुरुष रहेका छन् ।
त्यसैगरी हुप्सेकोट गाउँपालिका ३ का ४२ बर्षीय पुरुष र देवचुली नगरपालिका १ को १७ बर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको हो ।
कावासोतीमा थपिएका ६ जनामा २ जना पत्रकार तथा सञ्चार उद्यमी र बाँकी व्यापारी हुन् । त्यसैगरी हुप्सेकोटमा देखिएका १ जना पनि व्यापारी हुन् ।
त्यसैगरी गैडाकोटमा दुई जना महिला र २ जना पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । गैडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलका अनुसार उनीहरु ४ जना नै समुदायबाट संक्रमण देखिएका हुन् ।
उनीहरु मध्ये एक जना स्वास्थ्यकर्मी, दुई जना व्यापारीको सम्पर्कमा रहेको मजदुर लगायत रहेका छन् ।
यस अघि संक्रमण देखिएका बौदीकालीका एक जना संक्रमित शिक्षक हुन् भने विनयी त्रिवेणीमा संक्रमण देखिएका कारखानका मजदुर समेत रहेका छन् ।




थपिए नयाँ १२ संक्रमित सबै समुदायबाट सरेका




पूर्वी नवलपरासीमा १२ जना नयाँ संक्रमित थपिएका छन् । कावासोतीका ६ जना, देवचुलीका १ जना, गैडाकोटका ४ र हुप्सेकोटका १ जना गरी नवलपुरमा थप १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार कावासोती नगरपालिका २ का २२, २६, ४९ र ५४ बर्षीय पुरुष, कावासोती ३ का २२ र ३८ बर्षका पुरुष रहेका छन् ।
त्यसैगरी हुप्सेकोट गाउँपालिका ३ का ४२ बर्षीय पुरुष र देवचुली नगरपालिका १ को १७ बर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको हो ।
त्यसैगरी गैडाकोटमा दुई जना महिला र २ जना पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । गैडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलका अनुसार उनीहरु ४ जना नै समुदायबाट संक्रमण देखिएका हुन् ।
उनीहरु मध्ये एक जना स्वास्थ्यकर्मी, दुई जना व्यापारीको सम्पर्कमा रहेको मजदुर लगायत रहेका छन् ।
नवलपुरमा मंगलबारसम्म १७ जनामा संक्रिय संक्रमण रहेकोमा मंगलबार ३ जना उपचार पछि निको भएर घर फकिएका छन् भने बुधबार थपिएका १२ सँगै नवलपुरमा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ ।

बाँकी सबैको नेगेटिभ

साउन ३१ र ३२ गते कावासोतीको रेडक्रस, कुमारी अस्पताल, मध्यविन्दु अस्पताल र हुप्सेकोटमा स्वाब संकलन गरि पठाइएको मध्ये ७ जनाको रिपोर्ट पोजेटिभ आए पनि बाँकी सबैको भने नेगेटिभ आएको छ ।
कावासोतीमा मात्रै दुई दिनमा ५१७ जना जनाको स्वाब संकलन गरिएको थियो । ति मध्ये ६ जनाको पोजेटिभ आएको छ भने ५ सय ११ जनाको नेगेटिभ आएको कावासोती स्वास्थ्य प्रमुख कृष्ण नागिलाले बताए । तथापि विस्तृत विवरण भने आउन बाँकी रहेकोले सबैलाई नेगेटिभ भनि हाल्न नमिल्ने उनले बताए ।

नवलपुर ७ दिन बन्द

नवलपुर प्रशासनले नवलपुरमा समुदायमा संक्रमणको जोखिम बढेसँगै सात दिनका लागि नवलपुर बन्द गरेको छ ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेद्वारा जारी आदेशमा आज बुधबार राति १२ बजेदेखि १० गते राति १२ बजेसम्मका लागि अत्यावश्यक सेवा खाद्यान्न, औषधि पसल, खानेपानी, दुध, ग्याँस बाहेकका सबै पसल बन्द गर्ने आदेश भएको जनाइएको छ ।
त्यसैगरी विरामी तथा खाद्य वस्तु खरिदबाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कन, राजमार्ग तथा भित्र सडकमा अत्यावश्यक बाहेकका सबै सवारी साधन बन्द, भेला, भिडभाड गर्न नपाइने जस्तो आदेश जारी भएको छ ।

कन्ट्राक ट्रेसिङ चल्दै

सबैभन्दा बढी जोखिम देखिएको नवलपुरको कावासोतीमा स्वास्थ्य कर्मीहरुले संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्राक ट्रेसिक शुरु गरेको छ ।
अबको ३/४ दिनमा स्वाब संकलन गर्ने गरी संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी शुरु गरिएको नवलपुरका स्वास्थ्य प्रमुख केशव चापागाईले बताए । कावासोती स्वास्थ्य प्रमुख कृष्ण नागिलाले अब आइतबार संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिने बताए ।




सम्बन्धित
Loading...