सीपीएल क्रिकेट पहिलो खेलमा सन्दीपले लिए एक विकेट


काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट अन्तर्गतको पहिलो खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले विकेट हात पारेका छन् । जमैका तलाहवाजबाट खेलिरहेका सन्दीपले आफ्नो चार ओभरको स्पेलको अन्तिम ओभरमा एक विकेट लिन सफल भएका हुन् ।सेन्ट लुसिया जुक्ससँग भइरहेको खेलमा सन्दीपले अफगानी खेलाडी नजिबुल्लाह जाद्रानलाई आउट गरेका हुन् ।




२० बलमा २५ रन बनाएर खेलिरहेका जाद्रान ठूलो सट प्रहार गर्ने क्रममा रोभमन पावेलको हातबाट समातिएका थिए । सन्दीपले ४ ओभरमा २३ रन खर्चदैँ १ विकेट लिएका हुन् । टस हारेर ब्याटिङ थालेको जुक्सले ताजा अवस्थामा पहिलो इनिङको खेल सकिदाँ ७ विकेट गुमाएर १५८ रन बनाएको छ । उसका लागि रस्टन चेजले ५२ रनको योगदान दिएका छन् । त्यसैगरी जमैकाका मुजिब उर रहमान र ओसेन थोमसले २ २ विकेट लिएका छन् । जमैकाले १५९ रनको लक्ष्य पछ्याएर ब्याटिङ गर्दैछ।







सम्बन्धित
Loading...