१ लाख बढीको अबैध मालसामान बरामद

449












नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले नेपाल भारत सिमावर्ती क्षेत्रबाट १ लाख २ हजार ७ सय ८० रुपैयाँ बराबरको अबैध मालसामान बरामद गरेको छ।
प्रहरीका अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ शंकरपुरबाट उक्त मालसामान बरामद गरेको हो ।
भारतबाट अबैध रूपमा भन्सार छ्ली नेपालतर्फ ल्याउदै गरेको कुर्तासुरुवालको कपडा १० थान, दोपट्टा साडी ४ थान, डिसहोमको सेटअप बक्स ६ थान, रिमोट र डाटा केवल ६–६ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए।
उक्त मालसामान मोटरसाइकलमा राखी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फालेर मानिस मोटरसाइकल सहित भागेका थिए । बरामद गरिएका सबै मालसामान आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।




You might also like
Loading...