बौदीकालीमा खोला तर्ने क्रममा बगाएर मृत्यु

829












नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका ४ मा खोलाले बगाएर एक जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार बौदीकाली २ र बौदीकाली ४ जोड्ने बौदी खोला तर्ने क्रममा बौदीकाली ४ निवासी ५५ बर्षीय खिनबहादुर आलेको मृत्यु भएको हो ।
खोला तर्ने क्रममा अचानक बगाएर उक्त खोलामा खोजतलासको क्रममा मृत अवस्थामा फेला परेको नवलपुर प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र रकुवा डेढगाउँमा राखिएको छ ।




You might also like
Loading...