पश्चिम नवलपरासीमा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र जिल्ला अस्पतालका डाक्टर सहित समुदायका २९ जनामा कोरोना भाइरस पुष्टि

1,833












नवलपरासी, ७ भदौ । पश्चिम नवलपरासीमा पाल्ही नन्दन गाउँपालिका अध्यक्ष दीपक गुप्ता सहित समुदायका २९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका अनुसार पाल्हीनन्दन गाउँपालिकामा मात्रै २५ जना र जिल्ला अस्पताल परासीका डाक्टर सहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
परासी क्षेत्रमा एक सातादेखि निषेधाज्ञा जारी छ । तथापि निषेधाज्ञाको पूर्ण रुपमा पालना हुन सकेको छैन् । पश्चिम नवलपरासीमा यस अघि नेपाली काँग्रेस पश्चिम नवलपरासीका उपसभापति सुबासचन्द्र गिरीको कोरोनाकै कारण निधन भएको छ ।




You might also like
Loading...